सरस्वती आधारभूत विद्यालय दमक २ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भई हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय एवम् युग सुहाउँदो शिक्षा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्य बमोजिम सरस्वती एक्स–स्टुडेन्ट्स सोसाइटी (सेस) को गठन भएको हो ।
यसका अन्य उद्देश्यहरुमा विद्यालयका पूर्व विद्यार्थीबीच हातेमालो गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि विविध कार्यक्रम सञ्चालन गर्ने । शैक्षिक स्थिति सुधारमा उल्लेख्य योगदान पु¥याउनुहुने व्यक्तिलाई सम्मान गर्ने र त्यस्ता कार्यलाई प्रोत्साहित गर्ने ।जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आवश्यक प्रोत्साहन र सहयोग गर्नेे । शैक्षिक स्थितिको आँकलन एवम् आवश्यक सुधारका लागि सम्बन्धित निकाय र संघसंस्थासँग सहकार्य गर्ने ।शिक्षा क्षेत्रमा खोजमूलक अध्ययन, अनुसन्धान र अनुभव आदानप्रदानको माध्यमबाट बैज्ञानिक सिकाइ प्रणाली र आधुनिक प्रविधिको व्यवहारिक प्रयोगमा जोड दिने समेत समावेश गरिएको छ ।
कार्ययोजना ः
१. संस्थामा आजीवन सदस्य १०० जना पु¥याउने । आजीवन सदस्यता शुल्क रु. ११ हजार १ सय ११ रहेको छ । आजीवन सदस्यताबाट प्राप्त शुल्कको अक्षय कोष निर्माण गर्ने । यसअघि खर्च भएको रकमको परिपूर्ती गर्ने ।
२. रु. ५ हजार सहयोग गर्ने पूर्व विद्यार्थीलाई संस्थाको सकृय सदस्य बनाउने । सकृय सदस्यताबाट प्राप्त शुल्कको छुट्टै कोष निर्माण गर्ने ।
३. इच्छुक पूर्व विद्यार्थीलाई रु. १ हजार १ सय ११ शुल्क लिई साधारण सदस्य बनाइनेछ ।
४. पूर्व विद्यार्थी तथा पूर्व शिक्षकको पुनर्मिलन कार्यक्रम यसै वर्षदेखि लागू हुने गरी प्रत्येक वर्ष आयोजना गर्ने । उक्त कार्यक्रम देशविदेशबाट समेत पूर्व विद्यार्थीहरुको उल्लेख्य उपस्थितिको सम्भावनालाई मध्यनजर गर्दै प्रत्येक वर्ष दशैँको अष्टमीका दिन गरिने ।
५.पूर्व विद्यार्थीको भावनात्मक एकतालाई सुदृढ गर्दै लैजान प्रत्येक वर्षको हिउँदमा वनभोज कार्यक्रम आयोजना गर्ने ।
६. विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको पठनपाठन सुचारु गर्न आवश्यक सहयोग गर्ने ।
७. जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
८. विद्यालयको पठनपाठनलाई क्रमशः स्तरीय बनाउन विद्यालय व्यवस्थापन र प्रशासनसँग आवश्यक सहकार्य गर्ने ।
९. सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
कार्य समिति
क्र.सं. नाम पद ठेगाना
१ रमेशप्रसाद गुरागाईँ अध्यक्ष दमक ३, झापा
२ ख्यामनाथ सापकोटा उपाध्यक्ष दमक २, झापा
३ बुद्धिप्रसाद सिग्देल सचिव दमक २, झापा
४ नरमाया बस्नेत बानियाँ सहसचिव दमक ५, झापा
५ धर्मराज अधिकारी कोषाध्यक्ष दमक २, झापा
६ टंकनाथ दुलाल सदस्य दमक २, झापा
७ मेघराज दुलाल सदस्य दमक २, झापा
८. मेनुका श्रेष्ठ सदस्य दमक २, झापा
९. चन्द्रकला दाहाल काफ्ले सदस्य दमक ५, झापा