विद्यार्थी, अभिभावक र स्थानीयलाई निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणसहित लायन्स क्लब अफ दमक स्विट सिटीको आयोजना र बिर्ताज्योति आँखा अस्पताल, ओम शान्ति डेन्टल र निम्स अस्पतालको सहयोगमा बेलाबेलामा विद्यालयमा स्वास्थ्य शिविर आयोजना हुँदै आएको छ ।
कोभिड १९ को महामारीबीचमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले आवश्यक सुरक्षा व्यवस्थाका लागि थर्मल गन, मास्क, स्यानिटाइजर लगायत सामाग्री जुटाउने काम भएको थियो । मास्क र स्यानिटाइजर प्रगति युवा क्लबबाट पनि प्राप्त भएको थियाो ।