SESS Activities

२०७८ बैशाख १ गते

इलामको चपेटीमा वनभोज आयोजना गरियो । उक्त कार्यक्रम ५० बढी पूर्व विद्यार्थीको सहभागिता भएकाले उपलब्धीमूलक रह्यो । उक्त कार्यक्रमबाट पूर्व विद्यार्थीहरुबीच भावनात्मक एकता र सम्बन्ध विस्तार भएको छ ।

२०७७ साल फागुन ७ गते

सरस्वती एक्स–स्टुडेन्ट्स सोसाइटीको तर्फबाट अवकाशप्राप्त जीवन विताइरहनुभएका ७२ वर्षीय आदरणीय हेड सर हरिप्रसाद राईलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा रु. ३० हजार नगदसहित सम्मान गरियो । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा रातदिन नभनी दिलोज्यानले योगदान गर्नुहुने गुरुप्रति पूर्व विद्यार्थीहरुको मनभित्र रहेको सम्मानको उपयुक्त अभिव्यक्ति उक्त कार्यक्रम थियो ।